प्रचण्डले दर्ता गरेको रिट प्रधानन्यायाधीशले आफै हेर्ने

   १९ चैत्र २०७७, बिहीबार १२:४४  

१९ चैत, रौतहट । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दर्ता गरेको रिट आज पेशीमा चढेको छ ।

यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तेजबहादुर केसीको पूर्ण इजलासमा चढेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका थिए ।