भारतमा एकैदिन थपिए ३२ हजारभन्दा धेरै कोरोना संक्रमित
साउन १, रौतहट । भारतमा पछिल्लो २४ मा थप ३२ हजार ६ सय ९५ जनामा कोरोना भाईरस (कोभिड १९ं)का संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसंगै भारतमा कोरोनाबाट संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २४ हजार ९१५ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा एक लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार १६७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि एक लाख १६ हजारभन्दा धेरै संक्रमित भेटिँदा तीन हजार ४८७ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ६ लाख १२ हजार ८१५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।