प्रधानमन्त्रीसंग सम्झौता नगर्ने: माधव

   १८ चैत्र २०७७, बुधबार १५:३०  

१८ चैत, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसंग कुनै हालतमा सम्झौता नगर्ने बरिष्ठ नेता माधव कुमार नेपालले आज बताएका छन ।

बुधवार आफू पक्षीय युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले ओलीसँग सम्झौता नगर्ने बताएका छन् । तर सर्वोच्च अदालतले फागुन २३ गरे गरेको फैसलालाई उचित नमाने पनि मान्न बाध्य भएको बताएका हुन् ।

नेता नेपालले माओवादी केन्द्रले मंगलवार पुनरावलोकनका लागि सर्वोच्चमा दिएको निवेदनलाई आफूहरूले स्वागत र समर्थन रहेको बताए । साथै, उनले वर्तमान समस्याको समाधान आफू भएको समेत दाबी गरे ।