सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

   १५ चैत्र २०७७, आईतवार १२:१४  

१५ चैत, रौतहट ।

चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

तेन्दुलकरले केही दिनअघि नै कोरोना खोप लगाएका थिए । स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गराउँदा उनका कोरोना रिपोर्ट पोजेटिभ आएको उनले समाजिक सञ्जालमार्फत बताएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर हाल होम क्वारेन्टिनमा बसिरहेका छन् । एजेन्सी