संसदीय दलको बैठकमा खनाल पनि सहभागी हुने
द नेपाल मिडिया
१३ चैत्र २०७७, शुक्रबार १५:२५
१३ चैत, रौतहट । सरकारी निवास बालुवारटमा शुक्रबार दिउँसो ३ बजे बोलाएको संसदीय दलको बैठकमा झलनाथ खनाल सहभागी हुने भएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेता झलनाथ खनाल सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा आफू सहभागी हुने खनालले बताएका हुन् । कलंकीमा खनाल र माधवकुमार नेपाल समूहको बैठकलगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भने, ‘संसदीय दलको बैठकमा म जान्छु ।’
खनालले संसदीय दलको बैठक दलकै कार्यालयमा राख्नु राम्रो हुने पनि बताएका हुन् ।