प्रधानमन्त्रीसँग भेट्न बालुवाटार पुगे जसपाका नेताहरु

   १० चैत्र २०७७, मंगलवार १५:०८  

१० चैत, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्र केपी शर्मा ओलीसंग छलफलका लागी आज जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।

सरकारी निवास बालुवाटारमा जसपाका नेताहरु महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पुगेका हुन् । उनीहरुबीच सत्ता समीकरणका विषयमा छलफल हुने स्रोतले बताइएको छ ।

जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका मागहरू नयाँ सत्ता समीकरणका शर्तका रुपमा अघि सारेको छ।
यस बारे सरकारको आधिकारिक धारणा लिन नेताहरू आज बालुवाटार पुगेका हुन् ।