प्रतिनिधिसभाको बैठक सुरु

   ६ चैत्र २०७७, शुक्रबार १४:१८  

६ चैत, रौतहट । प्रतिनिधिसभा बैठक सुरू भएको छ ।

आज बसेको बैठकको सुरूमा नै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा अनुपस्थित सांसदहरूबारे सदनलाई जानकारी दिएका हुन् । उक्त अनुस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको २१ र्औ वार्षिक प्रतिवेदन २०७६ र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७ पेश गरेको स्रोतले जनाएको छ ।