माधव पक्षको राष्ट्रिय भेला सुरु

   ४ चैत्र २०७७, बुधबार १३:३२  

४ चैत, रौतहट । नेकपा एमाले माधव कुमार नेपाल पक्षको राष्ट्रिय भेला ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको छ । पार्टी प्यालेसमा सुरु भएको भेला चैत ५ गते (बिहीबार)सम्म चल्ने स्रोतले जनाएको छ ।

आयोजित भेलामा देशैभरका नेता(कार्यकर्ताको उपस्तिथि रहेको छ । तर, पुराना कम्युनिस्ट नेताहरु पनि यो पक्षको भेलामा सहभागी भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले काउन्टरमा भेला आयोजना गरेको स्रोतले जनाएको छ ।

माधव समूहले भेला आयोजना गर्न लागेपछि प्रधानमन्त्री ओलीले वार्तामा बोलाएका थिए । तर, हिजो भएको भेटवार्तामा कुरा मिल्न नसकेपछि आजदेखि भेला सुरु गरिएको छ ।