पेरिसडाँडामा माओवादीको केन्द्रीय समिति बैठक सुरु
द नेपाल मिडिया
१ चैत्र २०७७, आईतवार १२:५०
१ चैत, रौतहट । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
केहीबेर अघिबाट माओवादी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतले नेकपालाई अवैधानिक घोषणा गरी माओवादी र एमाले नै कायम गरिदिएपछि मामोवादीको नियमति बैठक बसिरहेको छ ।
हिजो शनिबार पनि स्थायी समिति बैठक बसेको थियो । यस्तै, आज आइतबारको केन्द्रीय समिति बैठकले पार्टी पूर्ववत अवस्थामा फर्किएपछि पनि ओलीसँग रहेर एमालेमै लाग्ने निर्णय गरेका नेताहरुका बारेमा निर्णय गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।