प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्यहरुको भेला हुँदै

   २८ फाल्गुन २०७७, शुक्रबार १३:३४  

२८ फागुन, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीले पक्षधर केन्द्रीय सदस्यहरुको भेला हुन लागेको एक केन्द्रीय सदस्यले बताएका हुन् ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यही सन्दर्भमा ओलीले अब कसरी अघि बढ्ने विषयमा रणनीति बनाउनको लागि शुक्रबार बैठक बोलाएका छन् ।