बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

   २६ फाल्गुन २०७७, बुधबार १३:५६  

२६ फागुन, रौतहट । आज बसेको प्रतिनिधिसभा बैठक सुरु हुनु अघि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।  संसद भवनबाट करिब १ बजेतिर प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

यसअघि फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमनत्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

आजको प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने कार्यसूची छ ।