चलचित्र ‘ए मेरो हजुर ४’ वर्ष २०७८ मा प्रदर्शन हुने
२५ फागुन, रौतहट । चलचित्र ‘ए मेरो हजुर ४’ अर्को वर्ष २०७८ मा प्रदर्शन हुने भएको छ। अभिनेत्री तथा निर्देशक झरना थापाले सोमबार नारी दिवसको अवसर पारेर फिल्म रिलिज गर्ने घोषणा गरेकी हुन्।
फेसबुकमा फिल्मको पोस्टर सार्वजनिक गर्दै उनले फिल्म २०७८ भदौ १८ गते फिल्म प्रदर्शन हुने जानकारी दिइन्।
फिल्ममा अनमोल केसी र सुहाना थापाका साथै सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ।
यसअघि बनेको फिल्म ‘ए मेरो हजुर ३’ मा पनि अनमोल र सुहानाको नै मुख्य भूमिका रहेको थियो।






