जसपाले मंगलबार बोलायो संसदीय दलको बैठक
द नेपाल मिडिया
२४ फाल्गुन २०७७, सोमबार १४:४७
२४ फागुन, रौतहट । जनता समाजवादी पार्टीले फागुन २५ गते (मंगलबार)का लागि संसदीय दलको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्नका लागी जसपाले संसदीय दलको बैठक बोलाएको जसपाका नेता उमाशंकर अरगरियाले जनाएका हुन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको एक नेताले बताए ।