नारी दिवसको अवसरमा करिनाले गरीन् दोस्रो सन्तानको फोटो सार्वजनिक
२४ फागुन, रौतहट । बलिउड अभिनेत्री करिना कपुरले आज आफ्नो दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा करिनाले इन्स्टाग्राममार्फत पहिलो पटक दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी हुन् ।
करिनाले यो फोटो ब्ल्याक एन्ड ह्वाइटमा सेयर गरेकी छन् । फोटोमा उनको काँधमा बच्चा सुतिरहेको छ । करिनाले सुतिरहेको बच्चासँग आफूले सेल्फी खिचेकी छन् ।
फोटोसँग करिनाले क्याप्सनमा लेखेकी छन्, ‘संसारमा महिलाले गर्न नसक्ने केही छैन । सम्पूर्णमा महिला दिवसको शुभकामना। ह्यास्ट्याग अन्तर्राष्ट्रिय महिला दिवस।’
करिना र सैफले अहिलेसम्म दोस्रो बच्चाको नाम भने खुलाएका छैनन् । एजेन्सी






