सभामुखसंग भेट्न पुगे प्रचण्ड-माधव

   २३ फाल्गुन २०७७, आईतवार १३:२८  

२३ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधवले आज सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका छन् ।

सभामुख सापकोटालाई भेट्न प्रचण्ड–नेपाल संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा पुगेको हुन् । उनीहरुबीच करिब आधा घण्टा छलफल भएपनि के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन । संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

आज अपराह्न ४ बजे बस्ने भनिएको बैठकअघि प्रचण्ड–नेपाल र सभामुखबीच भएको भेठवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।