प्रचण्ड-माधवले लगाए कोरोना खोप

   १९ फाल्गुन २०७७, बुधबार ११:३०  

१९ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् ।

प्रचण्डले नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर खोप लगाएपछि आराम कक्षमा छन् । बुधबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ ।

त्यस्तै, नेकपाका अध्यक्ष माधवकुमार नेपालले पनि कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर माधवले खोप लगाएका हुन्। खोप लगाएपछि उनले अरुलाई पनि खोप लगाउनसमेत आग्रह गरेका छन्।

यसअघि सभामुख अग्नि सापकोटाले पनि कोरोनाविरुद्धको खोप लगाएका थिए ।