प्रचण्ड–माधव पक्षले बुधबार बोलायो केन्द्रीय कमिटी बैठक
द नेपाल मिडिया
१७ फाल्गुन २०७७, सोमबार १२:३७
१७ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधव पक्षले फागुन १९ गतेको लागी केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् ।
यही फागुन १९ गते पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा दिउँसो १ बजेका लागी केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।






