बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैँ

   १७ फाल्गुन २०७७, सोमबार १०:५८  

१७ फागुन, रौतहट । सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

संसद विघटनपछि नियमित रुपमा बस्न लागेको आजको मन्त्रिपरिषद् बैठक विशेष मानिएको छ । सोमबारको बैठकमा संसद अधिवेशनको बारेमा छलफल हुने बताइएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संसद विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि संसद अधिवेशन आह्वान आजको मन्त्रिपरिषद् बैठकले गर्न सक्ने सम्भावना छ । सर्वोच्चले फागुन २४ गते भित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन भनिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अन्तर्वार्ताहरुमा संसद अधिवेशन बोलाउन आफू तयार भएको बताएका छन् ।