कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जाँदै; प्रधानमन्त्री ओली
१४ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाने भएका छन् ।
आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यही फागुन १७ गते पोखरा जान लागेका हुन् ।
यसअघि ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि कार्यक्रममा जाने तय भएको थियो तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ ।
१५ गते हुने कार्यक्रम स्थगित भएकाले प्रधानमन्त्री ओली पोखरामा १७ गते हुने भेलामा जान लागेका प्रदेश सांसद राजीव पहारीले जनाएका छन् ।
ओलीसंगै कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने जनाइएको छ ।