बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्दैँ
द नेपाल मिडिया
१४ फाल्गुन २०७७, शुक्रबार १२:४२
१४ फागुन, रौतहट । सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पुनःस्र्थापना भएपछि मन्त्रिपरिषद्को बैठक बोलाएका स्रोतले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।






