प्रचण्ड आज बिहान पुगे वामदेवलाई भेट्न

   १३ फाल्गुन २०७७, बिहीबार ११:१७  

१३ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् ।

प्रचण्ड बिहीबार बिहानै करिब ७ः३० बजेको समयमा गौतम निवास पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डलाइ गौतमले आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएका छन् ।

यस अघि मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।