प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठक बस्दै

   १२ फाल्गुन २०७७, बुधबार ११:२८  

१२ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार साँझ ४ बजेको लागी बैठक बोलाइएको सांसद तथा उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जनाएका हुन्।

सर्वोच्च अदालतको आदेश अनुसार संसद पुनस्र्थापना गर्ने निर्णय भएपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्नका लागी बैठक बस्न लागेको उनले बताए । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रचण्ड-माधव पक्षले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

संसदीय दलको बैठकअघि प्रचण्ड-नेपाल समूहले दिउँसो १२ बजे काठमाडौंको शान्तिवाटिकामा विजय जुलुस गर्दैछ ।

उक्त जुलुसमा केन्द्रीय तहका नेताहरू पनि सहभागी हुनेछन् ।