डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि दिल्ली जाँदै

   ९ फाल्गुन २०७७, आईतवार ११:३१  

९ फागुन, रौतहट । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जान लागेका छन् ।

भट्टराई आप्नो स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको हो ।

लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित डा. भट्टराई काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।