विराटनगरमा ओलीलाई कालो झण्डा देखाइयो
द नेपाल मिडिया
८ फाल्गुन २०७७, शनिबार १३:२३
८ फागुन, रौतहट । विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल–माधव पक्षका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन् ।
विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा नै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जनाएका छन् ।






