प्रधानमन्त्री ओली पक्षमा आए तामाङ दम्पती

   ८ फाल्गुन २०७७, शनिबार १२:४३  

 

८ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई प्रधानमन्त्री ओली पक्षमा फर्किएका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि पार्टी विभाजित भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–माधव समूहमा फर्किएका थिए ।

तर, फेरी प्रचण्ड–माधव समूहबाट दुवैजना प्रधानमन्त्री ओली पक्षमा नै फर्किका छन् ।