सेनाको विरोधमा म्यानमारमा आज पनि प्रर्दशन

   २६ माघ २०७७, सोमबार ११:५९  

२६ माघ, रौतहट । सेनाले सत्ता कब्जा गरेको विरोधमा म्यानमारमा सोमबार पनि बिहानैदेखि विशाल जनप्रदर्शन भइरहेको छ।

रंगुन लगायत म्यानमारका विभिन्न स्थानहरुमा बिहानैदेखि विरोध प्रदर्शन भइरहेका छन् ।

जुलुसमा ‘हामीलाई सैन्य शासन मान्य छैन’ नाराका साथ प्रर्दशन भइरहेको विदेशी समाचरले जनाएको छ।

आइतबार कयिन प्रदेशको म्यावडीमा प्रहरीले रबरको गोली प्रहार गर्दा ६ जना घाइते भएकोबाहेक अन्य ठूला झडपका खबर आएका छैनन्।