नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई भण्डारी र ओलीद्वारा बधाई
८ माघ, रौतहट । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियरलाई बधाई तथा शुभकामना दिएका छन् ।
ओलीले ट्वीटमार्फत बाइडेनलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास समेत व्यक्त गरेका हुन् ।
त्युैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई दिएकी छन् । भण्डारीले बाइडेनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध मजबुत हुने नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
अमेरिकाका नवनियुक्त राष्ट्रपति बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका थिए ।
बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएर सपथ ग्रहण गरेका हुन् ।