नेपाल हाम्रो भाइ हो; भारतीय रक्षामन्त्री
६ माघ, रौतहट । नेपाल बारे भारतका रक्षामन्त्री राजनाथ सिंहले भने नेपाल हाम्रो छिमेकी मात्रै नभइ भाइ समेत रहेका बताएका छन् ।
शनिबार भारतीय टेलिभिजन आजतकसंगै अन्तरर्वार्तामा रक्षामन्त्री सिंहले नेपाल आफ्नो भाइ रहेको भनदै भाइले जे भने पनि आफू नरिसाउने बताएका हुन् ।
नेपाल पछिल्लो समय भारतसँग चिढिएको छ ? भनेर गरिएको प्रश्नमा उनले भनेका छन्,‘नेपालसँग हाम्रो प्रगाढा साँस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र होइन नेपाल हाम्रो भाइ हो । भाइले हामीबारे जस्तो टिप्पणी गरे पनि हामी नेपालविरुद्ध कुनै आपत्तिजनक प्रतिक्रिया जनाउँदैनौं।’
उक्त अन्तर्वार्तामा सिंहले भारत आत्मनिर्भर देश बनिसकेको बताउँदै आफ्नो सैन्य क्षमता पहिलेभन्दा निकै बढेको बताएका थिए ।