कोरोनाका कारण नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन

   १९ पुष २०७७, आईतवार १४:२३  

१९ पुस, रौतहट । नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणका कारण आज निधन भएको छ ।

कोरोन संक्रमण पुष्टि भएपछि दिल्लीस्थित म्याक्स अस्पतालमा १ महिना देखि उपचाररत कोइरालाको ७५ वर्षको उमेरमा आज बिहान ११ बजेतिर निधन भएको हो ।

उनको आजै अपरान्ह ४ बजे दिल्लीस्थित निगमबोध घाटमा अन्तिम संस्कार गरिनेछ उनका भाइ शेखर कोइरालाले जानकारी दिएका छन् । निरञ्जन र शेखर कोइराला केशव र नोना कोइरालाका छोरा हुन् ।

उनले निरंकुश पञ्चायती शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागिता जनाएका थिए ।