कांग्रेस सभापति देउवाको अपिल; संसद विघटनविरुद्धको आन्दोलनमा सहभागी हुन्
द नेपाल मिडिया
११ पुष २०७७, शनिबार १३:५२
११ पुस, रौतहट । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध घोषणा गरेको आन्दोलनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।
शनिवार अपिल सन्देश जारी गर्दै देउवाले आफ्नै प्रस्तावमा पार्टीले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको जनाएका हुन् ।
संसद विघटनविरुद्ध कांग्रेस पार्टी एकमत रहेको समेत सभापति देउवाले स्पष्ट पारेका छन् ।







