संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइयो, शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुन
द नेपाल मिडिया
८ पुष २०७७, बुधबार १३:५९
८ पुस, रौतहट । संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइने भएको छ । प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो ।
पुस १० गते शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ ।
संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत इजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।