कोठामा निसासिएर एकै परिवारका तीन जनाको मृत्यु
१८ पुस, एजेन्सी । भारतको उत्तरप्रदेशस्थित मेरठमा तीन जना नेपाली नागरिकको निसासिएर मृत्यु भएको छ ।
मजदुरी गर्न भारतको मेरठ गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।
भारतको मेरठमा रोजगारी गर्दै आएका भुलको परिवार कोठामा मृत फेला परेको छन् ।
कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा निसासिएर भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।






