प्यालेस्टाइनका वरिष्ठ अधिकारी साएब इरेकातकको निधन

   २६ कार्तिक २०७७, बुधबार ११:१२  

२६ कात्तिक, रौतहट । गए राति मंगलवार प्यालेस्टाइनका वरिष्ठ शान्ति मध्यस्थकर्ता साएब इरेकातकको कोरोनाभाइरस संक्रमणबाट निधन भएको छ ।

इरेकात कोरोनाभाइरस संक्रमणबाट उनको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको उनका नजिकका व्यक्तिहरुले बताए।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो ।

उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको केही वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।