ईरानमा कोरोनाले एकैदिन ४ सय ४० को मृत्यु
द नेपाल मिडिया
१८ कार्तिक २०७७, मंगलवार १७:३५
१८ कात्तिक, रौतहट । ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले देशमा महामारीको तेस्रो लहर चलिरहेको बताएका छन् । सोमबार यहाँ एकैदिन ४ सय ४० जनाको मृत्यु भयो ।
ईरानमा अहिलेसम्म कोरोनाबाट ६ लाख २० हजार ४ सय ९१ जना संक्रमित भइसकेका छन् । यसमध्ये ३५ हजार २ सय ९८ जनाको मृत्यु भइसकेको छ । ईरान मध्यपूर्वमा कोरोनाबाट सर्वाधिक धेरै प्रभावित हुने देश हो ।
एजेन्सी






