आगामाी जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

   २० बैशाख २०७९, मंगलवार ११:१७  

२० वैशाख, रौतहट । आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।

जेठ २ गते (१६ मेमा) अर्थात् बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमनत्री मोदी नेपाल नेपाल आउन लागेको भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्कारणमा उल्लेख गरको छ ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोती नेपाल आउन लागेको विषयमा हाल नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेको छैन ।

नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए ।