प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता सुरु

   १९ चैत्र २०७८, शनिबार १२:१६  

१९ चैत्र, एजेन्सी । तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता सुरु गरेको स्रोतले जनाएको छ । द्विपक्षीय छलफल र वार्तापछि दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको औपचारिक उद्घाटन गर्नछ ।

नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ः२५ बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए ।