युक्रनेमाथिको आक्रमण अन्त्य गर्न माग गर्दै शान्ति समाजको प्रदर्शन

   १५ चैत्र २०७८, मंगलवार १६:५४  

१५ चैत, रौतहट । युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै आज शान्ति समाजले प्रदर्शन गरेको छ ।

बुटवलसहित देशभर युक्रेन र रुसबीच भइरहेको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो बुटवलको राजमार्ग चौराहामा ‘युक्रेनमाथि आक्रमण बन्द गर’,‘रुसी सैनिक तत्काल फिर्ता गर’ भन्दैँ प्रदर्शन गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथिको आक्रमणले बालबालिका र महिलासहित हजारौं निहत्था मानिसको हत्या गरेर मानवता विरुद्धको अपराध भएको जनाएका छन् ।

रुसी आक्रमणका कारण लाखौं नागरिक शरणार्थी भएका, खर्बौंको क्षति भएको, अस्पताल र शैक्षिक प्रतिष्ठानहरु तहसनहस भएकाले युद्धलाई अन्त्य गरेर शान्ति कायम गर्न खनालले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण समेत गराएका छन् ।

गत फेब्रुअरी २४ मा आक्रमण युक्रेनमाथि रुसले हमला गरेको थियो ।