युक्रेन र रुसबीच मंगलबार टर्की वार्ता हुने
१४ चैत, एजेन्सी । युक्रेन र रुसबीच भौतिक उपस्थितिमा वार्ता हुने भएको छ । मंगलबार राजधानी स्तानबुलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा मंगलबार वार्ता गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
स्तानबुलमा युक्रेन र रुसका वार्ता टोलीबीच हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ । युद्ध अन्त्यका लागि आफूहरु तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएको परिवेशमा वार्ता हुन लागेको हो । एजेन्सी






