राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे चिनियाँ विदेशमन्त्री
१३ चैत, रौतहट । तीनदिने भ्रमणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज बिहान विदेशमन्त्री वाङ शीतल निवासमा पुगेको स्रोतले जनाएको छ । वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते (शुक्रबार) तीनदिने भ्रमणका लागि काठमाडौं आएका थिए ।






