चिनियाँ विदेश मन्त्री काठमाडौँ आइपुगे

   १२ चैत्र २०७८, शनिबार ११:२६  

१२ चैत, रौतहट । तीन दिने भ्रमणका लागि चीनका विदेश मन्त्री काठमाडौँ आइपुगेका छन् । शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आएका हुन् ।

त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए । यसअघि यी साँझ ६ बजेमात्रै काठमाडौं आउने कार्यक्रम भए पनि उनी दुई घन्टाअघि आइपुगेका हुन् ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो । चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन् ।

तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छ ।