विषाधियुक्त मदिराको सेवनबाट भारतको बिहारमा ३२ जनाको मृत्यु

   ७ चैत्र २०७८, सोमबार ११:१८  

७ चैत, एजेन्सी । होली मनाउने क्रममा विषाधियुक्त मदिराको सेवनबाट भारतको बिहारमा ३२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार (बिहीबार) होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये बिहारका विभिन्न जिल्लामा गरी ३२ जनाले ज्यान गुमाएका छन् ।

मदिराको सेवनबाट भागलपुरमा १६, बाँकामा १२, मधेपुरामा ३ र नालंदमा १ जनाको मृत्यु भएको भारतीय संञ्चारमाध्यमले जनाएको छ ।

उनीहरूले बिहीबार राती होली मनाउने क्रममा विषाधियुक्त मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछि बिरामी परेका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ३२ जनाको मृत्यु भएको छ भने हाल दर्जनौ मानिसहरु बिरामी भई अस्पतालमा उपचाररत रहेका छन् ।

मदिरा सेवनबाट ज्यान गुमाएका उनीहरुको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । एजेन्सी