मदिरा सेवनबाट भारतको बिहारमा ६ जनाको मृत्यु

   ६ चैत्र २०७८, आईतवार १५:००  

६ चैत, एजेन्सी । भारतको बिहारमा विषक्त मदिराको सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउनेहरुमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् ।

यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय पत्रकार अर्जुन कुमारका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो । मृतकका आफन्त उनीहरूको मृत्युबारे बोल्न मानिरहेका छैनन् ।

दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ । एजेन्सी