भ्रमण गर्न साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउदैँ

   २७ फाल्गुन २०७८, शुक्रबार १३:४७  

२७ फागुन, रौतहट । भ्रमण गर्न साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने भएका छन् ।

उनले चैत १ गतेसम्म भ्रमण गर्नका लागि नेपाल आउने लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।