आक्रमणको दशौं दिन युक्रेनका दुई शहरमा युद्ध विराम घोषणा

   २१ फाल्गुन २०७८, शनिबार १४:०७  

२१ फागुन, एजेन्सी । युद्धको दशौं दिन रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको छ ।

युक्रेनको म्यारिपोल र भोल्नोभाख शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । स्थानीय समयअनुसार, शनिबार बिहान १० बजेदेखि अस्थायी युद्ध विराम घोषणा गरिएको रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनी अधिकारीहरूले पनि दुई शहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको पुष्टि गरेका छन् । दुवै शहरमा रहेका नागरिकलाई सुरक्षित रुपमा बाहिर निस्कन दिनका लागि युद्ध विराम घोषणा गरिएको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

युद्ध विराम घोषणा गरिएको दुवै शहरमा ४ लाख ५० हजार नागरिक बसोबास गर्छन् । यो युक्रेनको प्रमुख बन्दरगाह भएको शहर पनि हो । एजेन्सी