त्रिभुवन विमानस्थलबाट करिब ५ किलो सुनसहित एक जना पक्राउ

   १ फाल्गुन २०७८, आईतवार १३:१३  

१ फागुन, रौतहट । त्रिभुवन विमानस्थलबाट करिब ५ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा ल्याएको ४ किलो ८४० ग्राम सुनसहित शनिबार एक जना चिनियाँ नागरिकलाई हिरासतमा लिएको हो ।

हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक चेकजाँच गर्ने क्रममा चारवटा पोकामा भित्री पोशाकभित्र लुकाई छिपाई राखेको अवस्थामा उनलाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीमाथि यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।