फेब्रुअरी २८ सम्म संसदबाट पारित नभए एमसीसी फिर्ता; फतिमा सुमार
२७ माघ, रौतहट । २० दिनामा संसदबाट पारित नभए एमसीसी फिर्ता हुने एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले सन्देश पठाएकी छन् ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश दिएको छ ।
बुधबार साँझ भएको भर्चुअल अन्तक्र्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन् ।
फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय थप्न नसकिने उनले बताइन् ।
‘फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो,’ सुमारले भनिन्,‘हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ । अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं फतिमा सुमारले बताइन्।’






