पाकिस्तानमा घरको छत खस्दाँ एकै परिवारका ९ जनाको मृत्यु
२९ असोज, एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत भत्किदाँ एकै परिवारका ९ जनाको मृत्यु भएको छ ।
चिलास शहरको बोनार्डास क्षेत्रमा माथिबाट घरको छत खस्दाँ एकै परिवारका ९ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । छत भत्किए लगत्तै घटनास्थलमा पुगेका स्थानीयवासी र सुरक्षाकर्मीको करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको थियो ।
यस्तै, उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति र्पुयाएका थिए । एजेन्सी






