बाँकेमा एक भारतीय मृत फेला
४ माघ, बाँके । बाँकेमा एक भारतीय नागरिकको शव फेला परेको छ । भारतको बहराइच घर भई लामो समयदेखि नेपालगञ्ज बस्दै आएका ३२ वर्षीय प्रेम पासीको शव भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । भारत घर भए पनि करिब ९ वर्षदेखि नेपालगञ्ज १७ परशपुर आफन्तको घरमा बस्दै आएका पासी केही समयदेखि नयाँ बस्ती नाला नजिक बस्दै आएका थिए ।
प्रहरीका अनुसार मृतक पासीले अत्यधिक रक्सी सेवन गर्ने गरेको स्थानीयहरुले बताएका छन् । मंगलबार बिहान ७ बजे पासी मृत भेटिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको लागेको बाँके प्रहरीले जनाएको छ ।






