नेपालले अफगानिस्तानलाई पठाए १४ टन सामग्री
२ माघ, रौतहट । नेपालले आज अफगानिस्तानलाई हिमालय एयरलाइन्सको जहाजबाट करीब १४ टन सहायता सामग्री उपलब्ध गराएको छ ।
आइतबार बिहान परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताए ।
परराष्ट्रमन्त्री डा। नारायण खड्काले संयुक्त राष्ट्रसंघले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउन सक्ने सन्देश दिएको बताए ।
सहायता सामग्री संयुक्त राष्ट्रसंघ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आइतवारै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।






