अवैध मदिरा सेवनबाट बिहारमा ८ मजदुरको मृत्यु, ४ को अवस्था गम्भीर

   २ माघ २०७८, आईतवार १३:३७  

२ माघ, एजेन्सी । भारतको बिहारमा अवैध मदिरा सेवनबाट ८ जना मजदुरको मृत्यु भएको छ ।

बिहारका मुख्य मन्त्री नितिस कुमारको गृह जिल्ला बिहारको राज्यस्थित नालन्दामा अवैध मदिरा सेवनबाट एकै गाउँका ८ मजदुरको मृत्यु भएको छ भने ४ जनाको अवस्था गम्भीर रहेको हिन्दुस्तान टाइम्समा खबर छ ।

मृतकहरुले नजिकैको निर्माण क्षेत्रमा कार्यरत मजदुर रहेको र मदिरा सेवनपछि बिरामी परेका र उनीहरुको मृत्यु भएको छ । मृतकहरुले शुक्रबार राति अवैध मदिरा सेवन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक सबैको सनाखत भइसकेको र मृतक सबै छोटी पलारी र पहर टल्लि गाउँका बासिन्दा रहेको नालन्द प्रहरीले जनाएको छ ।

मृतकहरुसँगै सो समयमा अन्य ५० जनाले अवैध मदिरा पिएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका अन्य चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । एजेन्सी